AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विकास गर्न स्थानीय जागरुक हुनुपर्छ –राष्ट्रपति भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार १९:३०
3
Shares
९ पुस इटहरा/ ग्रामीण क्षेत्रको विकासका लागि स्थानीय व्यक्तिहरु जुर्मुराउन  आवश्यक  राष्ट्रपति विद्यादेवी भण्डारीले  बताएकी छन ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मोरङको इटहरामा शनिवार आयोजना गरेको ‘इटहराको विकासका लागि मदनग्राम प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
राजनीतिक अस्थिरताका कारण ग्रामीण क्षेत्रहरुको विकास पछाडि परेको बताउँदै स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले आफ्ना पार्टीका नेताहरुलाई झक्झकाइ रहनु पर्नेमा जोड दिइन ।
राष्ट्रपति भण्डारीले मोरङ जिल्ला राजनीतिको उद्गमस्थल रहे पनि विकासका हिसाबले पछाडी परेको जिकिर गरिने । उनले मोरङका नेता तथा सांसदहरुले सरकारलाई मोरङको विकासका लागि दबाब दिनु आवश्यक रहेको उल्लेख गरिन । उनले मोरङको इटहरा गाविस आफ्नो कर्मथलो भएकाले विकासका लागि प्रधानमन्त्रीलाई अनुरोध गर्ने बताएकी छिन् ।
 कार्यक्रममा महिला, बालबालिका, शिक्षा, इटहराको विकाससम्बन्धी ज्ञापन बुझाइएको थियो । लामो समयको अन्तरालमा कर्मथलो पुगेकी राष्ट्रपति भण्डारीले मदन भण्डारी प्रतिष्ठानको अवलोकन गरेकी थिइन । उनले मदन भण्डारी प्रतिष्ठानमा रहेको तुलसाको मोठमा पानी अपर्णसमेत गरीने ।
भण्डारीले गरिन आफनो घरको अवलोकन
राष्ट्रपति विद्या भण्डारीले कार्यक्रमको औपचारिक सुरुवात हुनुभन्दा अघि आफ्नो घरको अवलोकन गरेकी छिन् । आफू बसेको उक्त घरको अवलोकनको क्रममा भण्डारी भावुक र गम्भिर भएकी थिइन । उनलले आफू बस्ने कोठा तथा मदन भण्डारीको भूमिगत कोठाको पनि अवलोकन गरिन । त्यस अवसरमा प्रतिष्ठानले गरेको संरक्षणको अभियानलाई अझै प्रभावकारी बनाउन आग्रह गरेको प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जानकारी दिए ।
घरको प्राङ्गणमै आयोजित कार्यक्रममा आउनु भन्दा अघि भण्डारीले घरको बरण्डामा गएर सबैलाई अविवादन गरेक थिइन ।
घर संरक्षण गर्न परिवार राखियो
मदन भण्डारी स्मृति प्रतिष्ठानले ०६३ सालदेखि उक्त घर संरक्षणका लागि पहल थालेको हो । घर संरक्षणका लागि इलामका घनश्याम भण्डारीको परिवारलाई जिम्मा दिइएको छ । ‘मैले यो घरको संरक्षण गरिरहेको छु,’ घनश्यामले भने, ‘घर संरक्षण गरेवापत १५ कठ्ठा जग्गाको भोग चलन मैले नै गरिरहेको छु ।’ उनले सोही घरमा बसेर आफ्ना २ जना छोराछोरी र श्रीमती सहित ४ जनाको परिवार पालिरहेका छन् । घरमा मदन भण्डारीले अध्ययन गर्ने पुस्तक तथा खाट, दराजलगायतका भूमिगत रुपमा प्रयोग गरिएका केही सामान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर