AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा जिवनरामको विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७३, शुक्रबार १९:१७
3
Shares
८ पुस, विराटनगर / विराटनगरस्थित शहिद रंगशालामा आजदेखि सुरु भएको सातौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा सर्वाेच्चको मानहानि भएको भन्दै विभिन्न पधादिकारीहरुले विरोध जनाएका छन् ।
खेलको उद्घाटन सत्रमा सर्वाेच्चले अबैद्य ठहर गरेको ओलम्पीक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठलाइ अध्यक्षको हैसियतमा मञ्चमा आसन ग्रहण गराएको भन्दै राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सातौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिका सदस्य देवेन्द्र शेरचन र राष्ट्रिय फुटबल प्रतियोगिताका संयोजक किशोर राईले विरोध गरेका हुन् ।
ओलम्पीक कमिटीलाई सर्वाेच्च अदालतले अबैधानिक ठहर गरेर कुनैपनि काम नगर्नु र नगराउनु भन्ने निर्देशन दिएको भएपनि राष्ट्रपति उपस्थित समारोहमा अतिथि बनाएर मञ्चमा आशन ग्रहण गराएर सर्वाेच्चको मान हानि भएको भन्दै उनिहरुले विरोध गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदले तत्काल उक्त गल्ती नसच्याए सातौं राष्ट्रिय खेलकुद नै बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर