बसपार्क सार्ने योजना, उपमहानगरपालिका र व्यावसायी विच दोहोरी
पूर्वाञ्चल खबर
६ पुष २०७३, बुधबार १९:२०
3
Shares
६ पुस,विराटनगर/ विराटनगर बसपार्क बनाउने ठेक्का पाएको गौरी पार्वती कन्ट्रक्सन प्रालिले काम सुरु गरेको छ । डेढ बर्ष भित्र काम सक्नेगरी व्यवस्थित बसपार्क निर्माण गर्ने ठेक्का पाएको कम्पनीले काम सुरु गरेपनि बैकल्पिक बसपार्क तयार नहुदा अझै सार्वजनिक बस साविककै स्थानमा पार्कीङ गरेर राखिएको छ ।
विराटनगर उपमहानगरपालिकाले खोजेको जग्गामा जान नमानेपछि व्यावसायी पूरानै बसपार्कमा बसीरहेका छन् । उपमहानगरपालिकाले डिग्री क्याम्पसको जग्गा भाडामा लिएर अस्थायी बसपार्क सञ्चालन गर्न भनेको थियो । तर सुरुमा डिग्री कलेजको जग्गामा जान मानेका व्यावसायी पछि जान मानेनन । ‘ अस्ती व्यावसायीहरु डिग्री कलेजमा बस्न राजी हुनुभएको थियो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले भने ‘ वहाँहरु फेरी श्रमिकहरु जान मानेनन भन्दै हुनुहुन्छ ।’
नागेश कोइरालाको जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गर्ने व्यावसीलाई नगरपालिकाले सस्तो भाडामा पाइएको डिग्री कलेजको मैदान जान भनेको थियो ।
तर व्यावसायीले असुरक्षाका कारण जान नमानेको पूर्व नेपाल यातायात व्यावसायी संघका अध्यक्ष राजन कडेल बताउछ । मधेश आन्दोलनमा धेरै गाडी तोडफोड भएको बताउदै उनले श्रमिकहरु डिग्री कलेजको मैदान जान नमानेको उनले बताए । तर कार्यकारी अधिकृत कोइराला बसपार्क सर्दा प्रशासन प्रहरीपनि उपस्थिती हुने बताउदै व्यावसायीले असुरक्षित हुनुपर्ने अवस्था नरहेको बताउछन् ।
‘श्रमिकले आन्दोलन गरेपछि हामी जान नमानेका हौ । व्यावसायी संघका अध्यक्ष कडेलले भने ‘अब नागेश कोइरालाको जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गर्छाै ।’
मासिक डेढ लाख रुपैयामा भाडामा जग्गा लिएर बसपार्क सञ्चालन गर्ने योजना रहेको बताए । तर नगरपालिकाले जग्गामा गिटी र बाटो बनाइदिनु पर्ने उनको भनाई छ ।
कार्यकारी अधिकृत कोइराला व्यावसायी आफैले गिडी भर्नु पर्ने बताउछन् । ‘निजी जग्गामा नगरपालिकाले गिटी हाल्न मिल्दैन । कोइराला भन्छन‘ नगरपालिकाले राजस्व उठाउदैन व्यावसयीले नै उठाउने भएपछि वहाँहरुले नै गिटी हाल्नु पर्छ ।’
नगरपालिका र व्यावसायी बिच सहमती नभएका कारण काम सुरु भएपनि बसपार्क सार्न सकेको छैन । व्यावसायी कडेल अब चाडै नै नागेश कोइरालाको जग्गा भाडामा लिएर सञ्चालन गर्ने जानकारी दिए ।
बसपार्क बनाउँदा विजुली खानेपानी र शौचालय आवश्यक परेपनि हाल सम्म कुनै तयारी भएको छैन । नयाँ बसपार्कमा पानी, बिजुली सहित बस भासिन नदिन गिटी पनि बिच्छयाउनु पर्ने हुन्छ ।
नयाँ बसपार्क निर्माणका लागि उपमहानगरपालिका र ठेकेदार कम्पनी विच ८ करोड ४७ लाखको सम्झौता भएको थियो ।