पूर्वाञ्चल खबर
४ पुस, विराटनगर /भारतीय सीमा जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि मोरङमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू गरिएको छ ।
.
भारतीय सिमानसंग जोडिएका मोरङ जिल्ला अन्तर्गत पर्ने दुई नगरपालिकासहित १० वटा गाविसमा सिमा विकास क्षेत्र विकास कार्यक्रम संचालन भएको हो । भारतीय सिमानासँग जोडिएका विराटनगर उपमहानगरपालिकाका २०,२१ र २२ वडा त्यसै गरी रंगेलीनगरपालिकाको ३,४ र ८ वडा सहित अमहिवरियाती,वरडङ्गा,वुधनगर,डाईनिया,झुक्रिया,महादेवा,मझारे,नेचा,पोखरिया र सोराभाग गाविसमा सिमा क्षेत्र विकास कार्यक्रम संचालन हुनेछन् ।
सिमा क्षेत्र विकास कार्यक्रम संचालनका लागि मोरङमा २० करोड रुपैया विनियोजन गरिएको छ । स्थानीय विकास मन्त्रालय अन्तर्गत सिमा क्षेत्र विकास कार्यकमका निर्देशक भुपेन्द्र सापकोटाका अनुसार पाच वर्षिय योजना अनुसार छुटाइएको सो रकम मध्ये यो आर्थिक वर्षका लागि मोरङमा ३ करोड ४३ लाख १५ हजार रुपैया सिमा विकास कार्यक्रम अन्तर्गत खर्च हुनेछ ।
भारतीय सीमासँग जोडिएका स्थानीयवासीको आयआर्जन, सीप विकास तथा पूर्वाधार निर्माण वजेट खर्च गरिने कार्यक्रममा प्राथमिकता दिइने वताइएको छ । निर्देशक सापकोटाका अनुसार सिमा क्षेत्र विकास कार्यक्रम लागु भएका नगरपालिकाले एक आर्थिक वर्षका लागि निर्माण गरिने विकास योजना न्युनतम ८ लाख र गाविसको हकमा पाँच लाखको वजेटको सिलिङलाई अनिवार्य गरिएको छ ।
मुख्यगरी सीमाको भारतीय क्षेत्रभन्दा नेपालको क्षेत्रका बासिन्दा मानव विकास सूचकाङ्कमा पछि परेको, गरिब तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको पाइएकाले कार्यक्रम ल्याइएको जिल्ला स्थित कर्यक्रम समन्वय समितिका अध्यक्ष मोरङका स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले जानकारी दिए ।
यसरी कार्यक्रम लागू भएका जिल्लामा मोरङसहित सीमा जोडिएका, झापा, मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली,चितवन र कञ्चनपुरमा कार्यक्रम यसै वर्ष सो कार्यक्रम सञ्चालन हुनेछन । २० वटा जिल्लामा संचालन हुने कार्यक्रमका लागि यो आर्थिक वर्षका लागि १ अर्व २१ हजार रुपैया निकासा भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । यसैवीच जिल्ला विकास कार्यालय मोरङ सभाहलमा आज सिमा क्षेत्र विकास कार्यक्रमका संचालनका लागि सरोकारवाल निकाय,गाविस सचिवलगायतसंग प्रारम्भिक चरणको छलफल समेत गरिएको छ ।
बनाउने