AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान संशोधन फिर्ता नै निकासको मार्ग हो : ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७३, शनिबार १९:४९
3
Shares
दमक (झापा), २ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग आगह गर्नुभएको छ ।
तोपगाछी–३ स्थित महेन्द्ररत्न माविको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा   पूर्वप्रधानमन्त्री ओलीले    संविधान संशोधन विधेयकले राजनीतिक सङ्कट उत्पन्न गराएको छ भन्दै प्रस्ताव फिर्ता नलिएसम्म संसद्को प्रक्रिया सुरु हुन नसक्ने दोहोर्याउनुभयो ।
प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमति र सहकार्यको राजनीतिक वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने आग्रह गर्दै उहाँले संविधान कार्यान्वयनका लागि अब स्थानीय तहको चुनाव मात्र संवैधानिक मार्ग भएकाले सरकारले चुनावी वातावरण बनाउनुपर्छ भन्नुभयो ।
 कार्यक्रममा एमाले नेता अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको सहयोग आवश्यक भएकामा जोड दिनुभयो । सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष नगेन्द्रबहादुर बस्नेतलाई अभिनन्दन तथा विद्यालयलाई महत्वपूर्ण योगदान दिने हरिबहादुर बस्नेत र न्यायाधीश, मन्त्रालयका सचिव, चिकित्सकलगायत विशिष्ट ओहदामा पुगेका विद्यालयका दशभन्दा बढी पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर