२ पुस ,विराटनगर/ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औं रजत जयन्ती आज विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्कुलको प्राङ्गणमा आयोजना भएको रजत जयन्तीको उदघाटन प्रमुख अतिथि मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले गरेका थिए ।
कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष प्रेमसिंह सुवाल,स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेत, सञ्चालक नमितम न्यौपाने लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।
स्कूलका सस्थापक अध्यक्ष तुलसी पोखरेलको सभापत्विमा भएको कार्यक्रममा स्कुलमा अध्ययरत विद्यार्थीहरुले साँस्कृती झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरी उपस्थीत अतिथि तथा अभिभावकलाई भर मनोरन्जन दिएका थिए ।
सो अवसरमा स्कुलमा वर्षभरीको विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार देखि कक्षागत रुपमा प्रथम, द्धीतीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरीएको थियो ।