हिलारीले भनिन्- राष्ट्रपति चुनाव हार्नुमा रुस जिम्मेवार
पूर्वाञ्चल खबर
२ पुष २०७३, शनिबार ०७:०३
3
Shares
२ पुस, काठमाडौं / अमेरिकामा हालै भएको राष्ट्रपति पदको चुनावमा डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफ्नो हारको लागि रुसलाई जिम्मेवार ठहर्याएकी छन् । रुसले गरेको इमेल ह्याकिङलाई उनले जिम्मेवार ठहर्याएकी हुन् ।
हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएको थियो जसबाट हिलारीलाई निकै आलोचना सहनु परेको थियो ।
पार्टीका दाताहरुसँग कुरा गर्दै रुसी राष्ट्रपति ब्लादिमिर पुटिनसँग उनको निजी गुनासो रहेको बताइन् किनकी उनले पाँच वर्ष अघि नै चुनावमा धाँधलीको कुरा उठाएका थिए ।
पुटिन अमेरिकी चुनाव ह्याकिङमा संलग्न- ह्वाइट हाउस
रुसमाथि डेमोक्रेटिक पार्टी र हिलारी क्लिन्टनको एक प्रमुख सहयोगीको इमेल ह्याक गरेको आरोप लागेको छ । तर रुसले यस आरोपको खण्डन गर्दै आएको छ ।
हिलारीले भनिन्, ‘यो केबल मेरो र मेरो अभियानमा मात्रै हमला होइन । यो हमला देशको विरुद्ध छ । यो हाम्रो लोकन्तत्रको अखण्डता र देशको सुरक्षासँग जोडिएको मामिला हो ।’
हिलारीले एफबीआइका निर्देशक जेम्स कोमीले जारी गरेको पत्रको प्रसंग पनि उठाइन् जसमा उनका प्रमुख राज्यहरुमा थोरै अन्तरले हार्ने उल्लेख थियो ।
यसबीच एफबीआईले सीआईको रुसी हस्तक्षेप सम्बन्धी आंकलनको समर्थन गरेको छ ।
कर्मचारीहरुलाई पठाइएको एक सन्देशमा सीआईएका निर्देशक जोन ब्रेननले भनेका छन् कि कोमी र नेशनल इन्टेलिजेन्सका निर्देशक जेम्स क्लेपरसँग मिलेर ‘हामीबीच राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपलाई समर्थन गर्ने कुरा थियो ।’
उता अमेरिकी राष्ट्रपति बराक ओबामाले वर्षको आफ्नो अन्तिम प्रेस कन्फ्रेन्समा ह्याकिङको आरोपलाई सम्हाल्नका लागि आफ्नो तर्फबाट बचाउ गरेका थिए । ओबामाले भने त्यसबेला उनले कथित ह्याकिङको कुनै उद्देश्यको कुरा गरेनन् ताकि चुनाबको निष्पक्षतामा प्रश्न नउठोस् ।
ह्वाइट हाउसका एक प्रवक्ताले बिहीबार भनेका थिए साइबर हमलामा राष्ट्रपति पुटिन संलग्न छन् ।
ओबामाले सेप्टेम्बरको एक सम्मेलनमा पुटिनसँग कुरा गरेका थिए र उनले यसलाई बन्द गर्न भनेका थिए । उनले यो पनि भने कि यो जारी रह्यो भने परिणाम भोग्नुपर्ने हुन्छ ।
चुनाव अभियानको उत्कर्षमा इमेल लीक भएको कुरा उठेपछि डेमोक्रेटिक पार्टीले असहज परिस्थितिको सामना गर्नु परेको थियो ।
आखिर हिलारी कहाँ चुकिन् ?
सीआईएका अनुसार रुसको उद्देश्य चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ल्याउनु थियो, तर यसबारेमा सार्बजनिक रुपमा कुनै ठोस प्रमाण थिएन ।
यद्यपी ट्रम्पले यस कुरालाई ‘बेतुक’ भन्दै खारेज गर्दै आएका छन् ।
कोमीले राष्ट्रपति चुनावको ११ दिन अघि हिलारी क्लिन्टनको इमेल सर्भरको नयाँ सिराबाट जाँच गर्ने घोषणा गरेका थिए । त्यसैले चुनावको दुई दिन अघि यस मामलालाई उठाउन छाडिएको थियो ।
यसअघि एफबीआईले भनेको थियो कि विदेशमन्त्रीको रुपमा हिलारी क्लिन्टनले आफ्नो निजी इमेल सर्भरको प्रयोगलाई लिएर गम्भीर लापरवाही भएको थियो, तर उनीमाथि अभियोग लगाउनुको कुनै आधार छैन । एजेन्सी