१ पुस, विराटनगर/ पुस ८ गते देखि पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत खोखो खेलको क्षेत्रीय छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
खोखो खेलको महिलातर्पm मोरङबाट मञ्जुला चौधरी, सरस्वती राजवंशी, क्रितीका श्रेष्ठ, दीपिका मण्डल, आयुषा ढुंगेल, प्रशंसा थापा छनौट भएका छन् ।
झापाबाट निलम राजवंशी, सन्तोषी चौधरी, सुरेजा खातुन, मनु तामाङ, आकृति चौधरी र सरिता रसाइली छनोट भएका छन् ।
त्यस्तै पुरुषतर्पm झापाबाट जयप्रकाश राजवंशी, सन्तोष राजवंशी, कुशल मेचे, अजय राउत, राजकुमार राजवंशी र मोरङबाट ज्ञानेश्वर राजवंशी, जितेश राजवंशी, अकिलचन्द राजवंशी, राकेश राजवंशी, बबिस थापा, विशाल राजवंशी तथा सप्तरीबाट विकास चौधरी छनोट भएका छन् । खोखोको क्षेत्रीय छनौटमा प्रतियोगितामा झापा, मोरङ र सप्तरीबाट ३६ जना पुरुस र झापा तथा मोरङका २४ जना महिला खेलाडिहरुको सहभागिता रहेको थियो ।