AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल क्षेत्रीय छनोट खेल आज पनि जारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७३, शुक्रबार १९:५५
3
Shares
२४ मंसिर,विराटनगर /सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल क्षेत्रीय छनोटका खेलहरु आज भएका विभिन्न खेलमा विजयी हुँदै खेलाडी छनोट भएका छन् भने केहीमा प्रतिष्पर्धा जारी रहेको छ ।
उदयपुरको कटारीमा सम्पन्न तेक्वान्दो खेलमा पुरुषततर्फ ५४ किलो मुनी उदयपुरबाट सुरज मण्डल, ८० किलो मुनी उदयपुरका रामकुमार माझी, ५८ किलो मुनी सुनसरीका अर्जुन सुनुवार, ७४ किलो मुनी सुनसरीकै राजेन्द्र राई, ६८ किलो मुनी सुनसरीकै निशान श्रेष्ठ, ८७ किलो मुनी ओखलढुंगाका दुर्गाबहादुर थापा, ६३ किलो मुनी झापाका सुजन थापा, ८७ किलो माथि सिरहाका श्यामकुमार घिसिङ छनोट भए ।

महिलततर्फ ६७ किलो मुनी सुनसरीकी इच्छा लिम्बू, ६३ किलो मुनी सुनसरीकै सुशिला राई, ५७ किलो मुनी सुनसरीकै निता गुरुङ, ५३ किलो मुनी उदयपुरकी सन्ध्याकुमारी सिंह, संखुवासभाकी डोमा शेर्पा र ४९ किलो मुनी धनकुटाकी सुनिता तामाङ छनोट भएका छन् ।
त्यसैगरि झापामा भएको पुरुष फुटबल खेलमा इलाम विजयी भएको छ । इलामले सोलुखुम्बुलाई ४–१ को गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा संखुवासभाले उदयपुरलाई २–१ को गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोही दिन भएको तेस्रो खेलमा सप्तरी विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिम गोल रहित बराबरी भएपछि निर्णयका लागि पेनाल्टी भएको थियो । पेनाल्टीमा बराबरी भएपछि खेलको निर्णय सडेन डेथका आधारमा भएको थियो । सडेन डेथमा सप्तरीले ताप्लेजुङलाई सडेन डेथमा ४–३ को गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा मोरङले सिरहालाई पराजित गरेको छ । मोरङले सिरहालाई ३–१ को गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै शुक्रबार नै राजविराजमा भएको भारोत्तोलन खेलमा महिलातर्पm ४२ केजीमा मोरङकी मनिषा चौधरी, ५२ केजीमा सप्तरीकी सरस्वती चौधरी, ५८ केजीमा सिरहाकी सिर्जना चौधरी, ६३ केजीमा सप्तरीकी शान्ती चौधरी, ६९ केजीमा सिरहाकी पुष्पा चौधरी, ७८ केजीमा सिरहाकी कान्ता भुजेज र ७५ केजी माथिमा सिरहाकी मनिता चौधरी छनोट भए । त्यसैगरी पुरुषतर्पm ५६ केजीमा सप्तरीका मनोज यादव, ६२ केजीमा झापाका दिपेश भट्टराई, ६९ केजीमा सिरहाका पिपु साह र ७७ केजीमा सप्तरीका श्रवणकुमार शर्मा छनोट भएका छन् । अरु तौल समूहको प्रतिष्पर्धा जारी रहेको छ ।
त्यसैगरी धरानका सम्पन्न आईटिएफ तेक्वान्दो खेलका खेलाडी छनोट भएका छन । पुरुष स्पाइरिङततर्फ ४५–४९ केजी समुहमा सिरहाका प्रभात कार्की, ५०–५४ केजी समुहमा सुनसरीका अर्जुन चौधरी, ५५–५९ केजी समुहमा मोरङका बसन्त बुढाथोकी, ६०–६४ केजी समुहमा सुनसरीका दिलन राई, ६५–६९ केजी समुहमा भोजपुरका विरबहादुर तामाङ, ७०–७४ केजी समुहमा भोजपुरका सदिप तामाङ, ७५–७९ केजी समुहमा धनकुटाका सुरेन्द्र राई, ८०–८४ केजी समुहमा मोरङका किसोलीङ हाङ र ८५ केजीमाथिमा सुनसरीका विपिन तिम्सिना छनोट भए ।
एकल महिला स्पारिङततर्फ ४०–४४ केजी समुहमा सुनसरीकी सोनिया बस्नेत, ४५–४९ केजी समुहमा भोजपुरकी धनकुमारी तामाङ, ५०–५४ केजी समुहमा सुनसरीकी एलिसा राई, ५५–५९ केजी समुहमा मोरङकी प्रतिक्षा कार्की, ६०–६४ केजी समुहमा सुनसरीकी कन्यम लिम्बू र ६५ केजी माथिमा मोरङकी अनमिका राई छनोट भए ।
एकल पुरुष प्याटनततर्फ निलो पेटीमा भोजपुरका वीरबहादुर तामाङ, रातो पेटीमा सिरहाका राब्जर वाइबा र कालो पेटी पहिलो डानमा मोरङका तुलसीराम सुवेदी, कालो पेटी दोस्रो डानमा मोरङका स्विकार बस्नेत, कालो पेटी तेस्रो डान सुनसरीका युवराज गुरुङ छनोट भए । त्यस्तै एकल महिला प्याटनततर्फ निलो पेटीमा भोजपुरकी मनकुमारी तामाङ, रातो पेटीमा मोरङकी सरस्वती श्रेष्ठ, ब्लाक बेल्ट पहिलो डानततर्फ मोरङकी सुस्मा धिमाल, ब्लाक बेल्ट दोस्रो डानमा मोरङकै अनमिका राई र ब्लाक बेल्ट तेस्रो डानमा झापाकी आशा राई छनोट भए । टिम प्याटन पुरुषततर्फ भोजपुर र महिलाततर्फ मोरङ छनोट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर