पूर्वाञ्चल खबर
२३ मंसिर, खोटाङ / एक मेगावाट क्षमताको मेवा खोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको छ ।
दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गरिएको हाइड्रोपावरको परिक्षण प्रशारण सुरु गरिएसँगै केन्द्रिय प्रशारणलाईन बिस्तार भइसकेका ठाउँमा लोडसेडिङ घटेको हो । साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवर्धनमा दुई वर्षमा पूरा भएको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु भएसँगै मंगलबार यता दुबै जिल्लामा लोडसेडिङ हटेको छ ।
मेवा खोला हाईड्रोपावरका कारण हाल छिटफुट बाहेक चौबिसै घण्टा बत्ती बलेको छ । मेवा खोलाबाट उत्पादित विद्युतलाई दिक्तेल–गाईघाट ११ केभिए ट्रान्समिसन लाइनमा जोडिएका कारण खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलका प्रमुख पुरुषोत्तम रेग्मीले बताए ।