पूर्वाञ्चल खबर
समाचारका अनुसार काठमाण्डु र त्रिवेणी क्षेत्रको जमिनमा चिरा परेका कारण ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जान सक्ने चेतावनी दिइएको छ । अघिल्लो वर्षको भूकम्पका कारण जमिनमुनी परेको धाँजा नपुरिएका कारण सो सम्भावना रहेको डेली मेलले जनाएको छ ।
सोधकर्ताका अनुसार नेपालमा गत वर्षको वैशाख १२ मा गएको भूकम्पपछि गरिएको अध्यनका क्रममा १ सय २४ माइल क्षेत्रमा फल्टलाइन देखिएको र यसले ८ रेक्टर वा त्यस भन्दा पनि बढी रेक्टर स्केलको भूकम्प पैदा गर्न सक्ने को छ ।
अमेरिकाका सोधकर्ताको एक टोलीले नेपालको विभिन्न स्थानमा गरेको अध्ययनपछि यस्तो निस्कर्ष निकालिएको हो ।
उनीहरुले नेपालका मुख्य २ नदी त्रिवेणीस्थित गण्डकी र बागमतीको मुहानको जमिनमा अध्यन गरेका थिए । जमिन मुनीको रेडियोकार्वन र संरचनागत अवस्थितिको अध्यन गर्नका लागि चट्टान र माटोको अवस्था अध्यन गरिएको थियो । जसमा नेपालमा भूकम्पको सम्भावना कायम रहेको देखिएको थियो ।