४० यात्रुसहित ४५ जना सवार पाकिस्तान एयरको बिनान दुर्घटना
पूर्वाञ्चल खबर
२२ मंसिर २०७३, बुधबार १९:०९
3
Shares
२२ मंसिर, काठमाडौं । पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ । बिमानमा ५ चालकदलका सदस्यसहित ४० यात्रु रहेका थिए ।
पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीक–६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको बिमाल दुर्घटनामा परेको हो ।
स्थानीय समय अनुसार बिमान अपरान्ह ३ बजेर ४० मिनेटमा चित्रालबाट उडेको थियो भने ४ बजे र १५ मिनेटमा बिमान सम्पर्क बिच्छेद भएको थियो ।
बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुर्घटनामा परेको पुष्टि भएपनि बिमानमा सवार यात्रुको अवस्थाबारे भने केहि खुलेको छैन । उद्धारटोली घटनास्थलसम्म पुग्दै गरेको पाकिस्तानी सरकारी रेडियोले जनाएको थियो ।