२१ मंसिर दुहबी । सुनसरीको दुहबी भलुवा नगरपालिका ४ मा रहेको मनिस अग्रवालको फम उधोगमा मंगलबार साँझ भएको आगलागीबाट ठुलो मात्रामा क्षति भएको छ ।
उद्मोग परिसरमा राखिएका सवारी साधन समेत जलेको छ । आगलागीबाट करोडौं मुल्यका उपकरण तथा कच्चा सामाग्रीहरु जलेर नष्ट भएको हुनसक्ने प्राम्भिक अनुमान प्रहरीको छ ।
आगलागी अहिले पनि नियन्त्रणमा आइनसकेको जनाइएको छ । आगलागीका कारण खुल्न नसकेपनि करीव एक दर्जन ग्याँस सिलिण्डर बिस्फोट भएर आगो फैलिएको स्थानीय प्रत्यक्षदर्शीले बताउँछन् । बिस्फोटपछि भाग्ने क्रममा उधोगमा कार्यरत मजदुरहरु अमृत श्रेष्ठ र दिलिप चौधरी घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
घटनास्थलमा बिराटनगर र इटहरीबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भईरहेको जनाइएको छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीयद्वारा लागलागी नियन्त्रणको प्रयास जारी राखिएको छ ।