AArya
RUMPUM
animated ellipse animated ellipse

तामिलनाडुकी मुख्यमन्त्री जयललिता निधनको हल्ला एपोलोद्वारा अस्वीकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७३, सोमबार २०:१४
3
Shares
२० मंसिर,तामिलनाडु/ तामिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार निधन भएकोबारे स्थानीय मिडियाले गरेको रिपोर्टलाई एपोलो अस्पतालले अस्वीकार गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै उनको उपचार जारी रहेको जनाएको छ।
यसअघि जयललिताको निधन भएकोबारे भारतीय समाचारमाध्यमहरुले समाचार दिएका थिए। उनीहरुले पनि एपोलो अस्पतालको विज्ञप्ति उद्धृत गर्दै समाचार सच्याएका छन्।
दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक स्वास्थ्य बिग्रिएको थियो। उनलाई एक्कासि हदयाघात भएर अवस्था नाजुक भएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएपछि हजारौंको संख्यामा उनका समर्थकहरू अपोलो अस्पतालबाहिर जम्मा भएका थिए।
जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातीदेखि नै मन्दिरमा पुजा अर्चना गरिरहेका थिए। दक्षिण भारतमा जयललिताको प्रशंसक धेरै छन्।
जयललिता दक्षिणको चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। उनी दक्षिण भारतको पूर्वस्टार नायिका हुन्। उनी यस क्षेत्रमा अम्माको नामले चिनिने गर्छिन्। ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो।
उनको निधनको खबरसँगै उनका समर्थकले हंगामा मच्चाएका छन्। प्रहरी र समर्थकबीच भीडन्त सुरु भएको पनि समाचारमाध्यमले बताएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर