AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद, मिडिया सेन्टरको स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार २०:४२
3
Shares
पुष्पराज थपलिया
१९,मंसिर विराटनगर/ पूर्वाञ्चलमा पुष ८ देखि १५ गते सम्म आयोजना गर्न लागिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनकालागि मिडिया सेन्टरको स्थापना गरिएको छ ।
प्रतियोगिताको प्रचारप्रसारका कामलाई सहज र व्यवस्थीत बनाउन आज आइतवार मिडिया सेन्टरको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उदघाटन गरे ।
बिहान ७ बजे देखि राति ८ बजेसम्म खुल्ला हुने मिडिया सेन्टरमा उच्च क्षमताको इन्टरनेट सेवा जडान गरिने जनाइएको छ ।
पटक पटक मिति तोक्दै सार्दै गरिएको खेलकुद प्रतियोगता अब नसर्ने विष्टले बताए । उनले प्रतियोगिता पूर्वाञ्चलको गरिमा भएको बताउदै सफल बनाउन सवैले सहयोग गर्नु पर्ने बताए ।
प्रतियोगिताको तयारी स्वरुप दशै अघि नै जिल्ला स्तरिय छनोट चरणको प्रतियोगिता सम्पन्न गरिएको छ भने सोमवारबाट देशैभर क्षेत्रिय स्तरको छनोट प्रतियोगिता सञ्चालन गर्ने विष्टले जानकारी दिए ।
क्षेत्रिय स्तरको प्रतियोगिताको उदघाटन भब्य बनाउने गरी पाँचवटै विकास क्षेत्रमा तयारी गरिएको सदस्य सचिव विष्टले जानकारी गराए ।
विराटनगरमा उदघाटन गरिने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता धरानमा समापन गरिने छ । भने क्षेत्रिय खेलकुदको उदघाटन इटहरीमा गरिने विष्टले जानकारी दिए ।
प्रतियोगिताको प्राविधिक कारण महिला फुटवल सातौ राष्ट्रिय खेलकुद उदघाटन अगाडी नै आयोजना गर्ने उनको भनाई छ । उनका अनुसार पुष २ गते देखि महिला फुटलव प्रतियोगिता आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर