AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रिजन दाहालको हत्या आरोपमा थप एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७८, आईतवार १७:१०
342
Shares
विराटनगर / धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङ घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । रिजनको हत्या गरेपछि उनी भारततीर फरार भएका थिए । फरार भएका तामाङलाई प्रहरीले सुनवर्षी नगरपालिका ८ सिक्टी एरियाबाट घटना भएको २२ दिनपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न अन्य पाँच जनालाई यसअघि पक्राउ परिसकेका छन् । पक्राउ परेका तामाङलाई आज ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । रिजनको हत्या आरोपमा प्रहरीले यसअघि सुनसरी ईटहरी उपमहानगरपालिका ११ भागलपुर बस्ने बर्ष २२ को राजु तमाङ, मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २१ वर्षिय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ का २४ वर्षिय ईश्वर लिम्बु, सोही ठाउँका १८ वर्षिय सुदिप उराउ र २० वर्षिय सुदिप उराउँलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर