AArya
RUMPUM
animated ellipse animated ellipse

राजघाट ब्याटमिन्टनको उपाधि राई र तामाङको जोडीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार १८:०२
3
Shares
मंसिर १९ मंसिर,उर्लाबारी / राजघाट ब्याटमिन्टन क्लवको आयोजनामा मोरङको राजघाट दुर्गापुरीमा भएको खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि जीतबहादुर राई र मानबहादुर तामाङको जोडीले हात पारेको छ ।
आज भएको फाइनल खेलमा उनीहरुको जोडीले हंशराज फागो र पंकज श्रेष्ठको जोडीलाई २१—१३, २१—१३ को सोझो सेटमा पाखा लगाउदैं उपाधि हात पारेको हो ।
उपाधिसँगै उनीहरुको जोडीले नगद १० हजार,ट्रफि,मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेताले नगद ५ हजार र ट्रफि,मेडल र प्रमाणपत्रमा चित्त बुझाए । राजकुमार राई र दुर्गा पोमुको जोडी तेस्रो भएको छ ।
उनीहरुले २ हजार ५ सय रुपैंया,ट्रफि,मेडल,प्रमाणपत्र हात पारे । बिजेतालाई प्रमुख अतिथी इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राई,ब्याटमिन्टन क्लबका अध्यक्ष शुक्र घिसिङ,राजघाट भेट्रानका अध्यक्ष अर्जुन नाल्बो लगायतले पुरस्कार बितरण गरका थिए ।
प्रतियोगिताको अवसरमा राजघाट प्रहरी चौकी र स्थानीयवाशीको सहयोगमा प्रहरी चौकी हाता भित्र निर्मित ब्याटमिन्टन कोर्टको उद्घाटन गरिएको छ । १ लाख लागतमा निर्मित कोर्टको प्रहरी निरीक्षक राजकुमार राईले रिबन काटेर उद्घाटन गरे । बिहानीको समयलाई ब्यायाममा आकर्षक गर्दै स्वास्थ्य र तन्दुरुस्तीका लागि ब्याटमिन्टन कोर्ट निर्माण गरिएको निर्माण समितिका सदस्य हेमराज गुरुङले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर