AArya
RUMPUM
animated ellipse animated ellipse

डा.केसीको समर्थनमा रंगेली अस्पताल ठप्प

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १५:४७
3
Shares
१७ मंसिर, रंगेली ।  चिकित्सा क्षेत्रको समस्या सहित वरिष्ठताका आधारमा डिन नियुक्ती लगायत ९ बुदे माग सहित २० दिन देखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा रंगेली अस्पतालका स्वास्थ्यकर्मी  कामकाज ठप्प पारेका छन् ।
जिल्ला अस्पताल रंगेलीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज शुक्रबार आकस्मीक सेवा बाहेक सम्पुर्ण कामकाज ठप्प पारेका हुन् । अनसनमा बसेका डा. केसीको मुटुको चालमा समस्या देखिन थालेकाले डा. केसीको जिवन रक्षा सहित समर्थन जनाउदै ओपीडी सेवा ठप्प पारेका थिए ।
स्वास्थ्यकर्मीहरुले हातमा कालो पट्टी बाधेर आकस्मीक सेवा मात्र सञ्चालन गरेका थिए । उनिहरुले अस्पताल प्राङ्गबाट डा. केसीको समर्थनमा विभिन्न प्ले कार्ड सहित रंगेली नगर परिक्रमा गरी इलाका प्रशासन कार्यालय रंगेली मार्फत नेपाल सरकारलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।
 स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण सयौ विरामीहरु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर