AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा एक महिनामा संगठन सुद्धिकरणदेखि इकाइ सम्मेलन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार १९:०८
3
Shares

१६ मंसिर,विराटनगर/नेकपा माओबादी केन्द्रको भात्रि संगठन अखिल क्रान्तिकारीको विद्यार्थी जागरण अभियन सुरु भएको छ । अखिल क्रान्तिकारी मोरङले बिहीबार विराटनगरका एक कार्यक्रम आयोजना गरि विद्यार्थीको जागरण अभियान सुरु भएको घोषणा गरेको हो ।

एक महिनासम्म सञ्चालन हुने जागरण अभियानमा संगठन सुद्धिकरणदेखि मोरङ जिल्लाभरीमा रहेको कलेजदेखि सामुदायिक कलेजहरुमा संगठन विस्तारदेखि इकाई कमिटि गठन गर्ने अखिलको मोरङ इन्चार्ज सुमन कालिकोटेले जानकारी दिए । उनका अनुसार मंसिर देखि पुसको पहिलो सातासम्म जिल्लामा रहेको कलेजहरुमा इकाई कमिटि गठन गरि जिल्ला सम्मेलनको लागि प्रतिनिधि छनौट, पर्यवेक्षकको नाम जिल्ला सम्मेलनको लागि सिफारिस गर्ने सम्मको तयारी गर्ने बताए ।

जिल्लाको विभिन्न कलेजहरुमा समयमै इकाई कमिटि गठन गर्न विभिन्न सम्मेलन आयोजक कमिटि गठन गरेको छ । महेन्द्र मोरङ क्याम्पसको इकाई सम्मेलन सम्पन्न गर्न दिपेन्द्र मेहताको संयोजत्वमा १० सदस्य कमिटि गठन गरेको छ । त्यस्तै स्नाकोउत्तर क्याम्पसको इकाइ कमिटि गठन गर्न ताजिम अन्सारीलाई जिम्मा दिएको छ । त्यसैगरि सुकुना क्याम्पसमा प्रकाश चौधरी, उर्लाबारी क्याम्पसमा समन राई र पथरी क्याम्पसमा अनु राईलाई जिम्मा दिएको छ । एकता भेला नभएको ठाउमा एकता भेला समेत गर्नेे बताइएको छ । अखिलको जिल्ला सम्मेलन पुस अन्तिमम गर्ने तयारी विद्यार्थी नेताहरुले गरेका छन् ।

मोरङको जागरण अभियानमा अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष रामचन्द्र अधिकारी, मदन चुडाल, नेकपा माओवादी केन्द्रको नेता सुशिल उप्रेती( गणेश), अखिल क्रान्तिकारीको मोरङ इन्चार्ज कालिकोटे, केन्द्रीय सदस्य ताजिम अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर