१५,मंसिर, विराटनगर /पूर्वाञ्चलका मानवअधिकारकर्मीहरुको साझा सञ्जाल पूर्वाञ्चल मानव अधिकार रक्षक संजालको दोश्रो सम्मेलन ९ बुदे घोषणापत्र जारी गर्दे आज विराटनगरमा सम्पन्न भएको छ ।
सम्मेलनले मानवअधिकार रक्षकहरुको सुरक्षा,सम्मान, मर्यादा र स्वतन्त्रताको सम्मान र संरक्षण गर्न सरकारको ध्यान आकर्षण गर्ने घोषण गर्ने लगायतका ९ बुदे घोषणा पत्र जारी गरेको हो । यस्तै सरकारी उदासिनता र राजनीतिक दबाबका कारण मानवअधिकार बिग्रदो अवस्थामा पुगेकाले सरकारी र राजनीतिक दलहरुलाई मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा जवाफदेही बनाउन घोषणापत्रमा उल्लेख छ ।
लोकतन्त्र र मानवअधिकारको अन्योन्यास्रित सम्बन्ध विकासले मात्र समानता,मर्यादा,न्याय र शन्ति कायम हुने भएकाले सरकार र राजनीतिक दलहरुको ध्यानआकर्षण गर्ने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ । सोमराज थापाको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्य समितिको छनौट गरिएको छ । नयाँ कार्यसमितको कार्यकाल ३ बर्षको रहने आयोजकले जनाएको छ । सम्मेलनमा सोलुखुम्बु र ओखलढुंगा बाहेक पूर्वका १४ जिल्लाका स्थानीय मानवअधिकारकर्मीहरु सहभागी छन् ।