बैंकले ‘हाँस’ नै लगेपछि….

खबर पूर्वाञ्चल, १० मंसिर २०७३, शुक्रबार १९:५८
विराटनगर/ ऋणिबाट रकम असुल्न बैंकले कस्तो सम्म कदम चाल्छन भन्ने उदारण सुनसरी बक्लौरी–९ को एउटा घटनाबाट बुझन सकिन्छ । ऋणिबाट रकम असुल्न बैंकले ‘हाँस’ नै लगिदिएको छ ।
सुनसरी बक्लौरी ९ की टुन्टी राजधामीले नेरुडे लघुवित बिकास बैंकबाट १८ हजार रुपैया ऋण लिएकी थिइन । समुह मार्फत प्रवेश गरेकी उनको करिव १० हजार रुपैया बचत भएको थियो ।
पारिवारिक समस्याका उनले बैंकबाट लिएको ऋणको किस्ता बुझाउन सकिनन । किस्ता नबुझाएको भन्दै बैंकका कर्मचारीले गत भदौमा उनले पालेको १० वटा ‘हाँस’ नै लगिदिए ।
‘म बाहिर काममा थिए । शुक्रवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा टुन्टीले भनिन ‘ घर बसेकी बुहारी ममतालाई हप्काएर हाँस लगे ।’
घरबाट हास लगेपछि उनले बैंकको ऋण तिर्न चासो देखाएकी छैनन । ‘ मेरो बचत १० हजार थियो । तर घरमा आएर हास नै लगिदिए ।’ उनले भनिन ।
नेरुडे, जीवन विकास, फरवार्ड १३ वटा माइक्रो फाइनान्स र सहकारीको सदस्य बनेर ऋण लिएकी उनलाई अहिले बैंकले ऋण तिर्न ताकेता गरिरहेका छन ।
राष्ट्र वैंकले १ व्यक्ती एउटा वितिय सस्थास“ग जोडिन सक्ने प्रावधान बनाएको छ । तर टुण्टी १३ वटा वितिय सस्थामा बसेर कारोवार गरिसकेकी छन् । ‘ मासिक १३ वटा किस्ता तिर्नु पथ्र्याे । उनले भनिन ‘ ३ वटाबाट निस्किए । १० वटामा छु ।’ उनी आफ्नै इच्छाले प्रवेश गरेकी होइनन । गाउमा पुगेका बैंक तथा फाइनान्सका कर्मचारी गएर लोभ्याएका कारण उनी १३ वटा सस्थामा पसेकी हुन । दरिलो आयस्रोतको माध्ययम नहुदा सहकारीबाट ऋण लिर्दै तिर्न नसकेपछि उनलाई अहिले साहुले तनाव दिइरहेका छन् ।
उनी जस्तै ३५ बर्षिय लिला राजधामीको पनि अवस्था उस्तै छ । गाउँमा आश्वासन देखाउदै पुगेका लघूवित्त बैंकको किस्ता तिर्न नसकेर समस्या छन् । जीवन विकास समाज, मेरो माइक्रो फाइनान्स, महोली माइक्रो फाइनान्स, सवलम्बी, फरवर्ड, साहरा बचत तथा ऋण सहकारी र निर्धन बैंकबाट ऋण लिएकी उनको किस्ता तिर्न करिव ३ लाख बाकी छ । किस्ता बन्दीमा ऋण तिर्ने सहमती गरेकी उनलाई पनि माइक्रोफाइनान्सका कर्मचारीले उठीबास लगाउन लागेका छन् ।

जीवन विकासबाट सुरुमा डेढ लाख रुपैया लिएकी हाते टयाक्टर किनेकी उनले पून थुक्पा बनाउने मेसिन किन्न ऋण लिएकी थिइन । तर थुक्पा बनाउन मेसिन किन्ने बेला जग्गा विवाद परेकाले ऋण अन्तै खर्च भयो । समयमा नै किस्ता तीर्न नसकेकी उनलाई साहुले घर नै खाली गर्ने चेतावनी दिइरहेका छन् । विभिन्न माइक्रोफाइनान्सबाट लिएको ३ लाख रुपैया ऋण तीर्न बाकी छ । ‘ऋण त जग्गा बेचेर भएपनि तिर्छु । उनले भनिन ‘ पर्खनुहोस भन्दा भाका नाघ्यो भन्छन् ।’

मोरङ सुन्दर दुलारीका मगनारायण धामी ९ वटा लघुवित्त विकास बैंकको सदस्य छन् । मासिक रुपमा किस्ता बन्दी हिसावले ऋण तीर्ने सर्तमा ऋण लिएका उनले ऋण तिर्दा तिर्दै आफनो जग्गा वेचिसके तर अझै चुक्ता भएको छैन् । बैंकको किस्ता तिर्न १० हजार रुपैयाको हप्तामा १ हजार रुपैयाले तिर्ने गरी ऋण लिएको थिए । उनले भने ‘ सावा व्याजगरी २० लाख जती पुगो होला ।’ ऋण तिर्न नसकेका कारण घरमा बस्ने अवस्था नरहेको उनले बताए । गाउँ गाउँमा पुगेर समुह बनाउदै ऋण लगानी र बचत संकलन गर्ने लघुवित्त विकास बैंकको अस्वस्थ्य प्रतिस्पर्धाका कारण उनी मात्र होइन अन्य धेरै ग्रामिण भेगका सर्वसाधरण तनावमा छन् ।

यता नेरुडे लघुवित्त विकास वैंकका कार्यकारी अधिकृत मणि अज्र्याल कर्मचारीले ऋणीबाट रकम असुल्न हाँस ल्याएको बारेमा आफुलाई जानकारी नभएको बताउछन् । उनले घटना के हो आफुलेपनि बुझ्ने जानकारी दिए । एक व्यक्ती एउटा सस्थाको मात्र सेयर सदस्य हुन पाउने प्रावधान भएपनि ढाटेर छुट्टा छुट्टै सस्थामा प्रवेश गर्ने चलन रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५