१० मंसिर, विराटनगर/ जिल्ला कृषि विकास कार्यालय मोरङले आयोजना गरेको च्याउ खेति प्रविधि तालिम आज सम्पन्न भएको छ ।
महिलाहरुलाई कृषि उत्पादनमा लगाउने उद्देश्यले ८ गतेदेखि सुरु भएको तालिममा जिल्लाका २६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा च्याउ खेति सम्बन्धी जानकारी गराइएको थियो ।
तालिमका सहभागिहरुलाइ प्रयोगात्मक रुपमा च्याउ खेति गर्ने तरिका, रोग किराको प्रकोपबाट बचाउने तरिका लगायतका विषयमा जानकारी गराइएको बागवानि विकास अधिकृत काशी चौधरीले बताएका छन् ।
तालिमको सहजिकरण प्राविधिक रामदेव सिंह, कृषि विकास अधिकृत मनोजकुमार यादव, क्षेत्रीय बालि संरक्षण प्रयोगशाला विराटनगरका बालि संरक्षण अधिकृति सागर भट्टराइले गरेका थिए ।