यामाहाको ‘एफ जेड एक्स’ बजारमा

खबर पूर्वाञ्चल, २३ जेष्ठ २०७९, सोमबार १८:०६
990
Shares
विराटनगर / यामाहा कम्पनीको बहुप्रतिक्षित बाइक ‘एफ जेड एक्स’ १५० बजारमा आएको छ । एमएडब्लू इन्टरप्राइजेजले सोमबार एक कार्यक्रम आयोजना गरि उक्त बाइक बजारमा ल्याएको हो ।

विराटनगर २ मुनालपथस्थित तिरुपति अटो प्यालेसमा आयोजना गरेको कार्यक्रममा बाइकको शुभराम्भ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आर्थिक सल्लाहकार राजेन्द्र राउतले गरे ।

राइड प्रि अवधारणका साथ तयार पारिएको यस मोटसाइकल विशषेगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइक प्रेमीलाई लक्षित गरि तयार पारिएको सेल्स म्यानेजर आश्विन बुढाथोकीले जानकारी दिए । बाजरमा आएको यो मोटरसाइकलको एयर कुल्ड १५० सीसी ब्लू कोर इन्जिर र ५ स्पीड गियर बक्सका रहेको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तिम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम र्टक जनेरेट गर्ने कम्पनीले जनाएको छ । एफ जेड एक्स्को मुल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको छ ।

सोही अवसरमा तिरुपति अटो प्यालेसले सार्वजनिक शौचालय पनि संचालनमा ल्याएको छ । उक्त शौचालयको उद्घाटन उद्योण वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले गरे ।

कार्यक्रममा बोल्दै राउतले निजी क्षेत्रको साथ सहयोगमा विराटनगर क्षेत्रमा पनि सार्वजानिक शाचौलय निर्माणको सुरुवात भएको बताए । सार्वजानिक ठाउँमा शौचालय निर्माण गर्ने राज्यले भनिरहेको बेला निजी क्षेत्रबाट यसको सकारत्मक सुरुवात भएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५