AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रुपन्देही–११ सुरुङ्गा गोल्डकपको उपाधि नजिक,फाइनलमा भेट एपीएफसँग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७३, बिहीबार २०:५५
3
Shares
९ मंसिर, झापा/रुपन्देही–११ सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शनिबार हुने फाइनलमा रुपन्देहीले फाइनल खेलमा विभागिय टोलि शसस्त्र प्रहरीको एपीएफ क्लब काठमान्डौंसँग प्रतिस्पर्धा गर्ने छ ।
सुरुङ्गाको कन्काई माविको खेलमैदानमा आज बिहिबार भएको अन्तिम सेमिफाइनलमा खेलमा रुपन्देहीले लक्ष्मि हुन्डाई मनाङ मस्याङ्दी क्लब काठमान्डौंलाई पेनाल्टि सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको हो ।
पेनाल्टि सुट आउटमा रुपन्देहीका विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र कप्तान तथा गोलरक्षक दिलीप क्षेत्रीले गोल गरेका थिए भने विजय धिमालको प्रहार मनाङका गोलरक्षक किरण चेम्जोङले बचाएका थिए । मनाङका कप्तान अनिल गुरुङ, हेमन गुरुङ र गोलरक्षक किरण चेम्जोङले गोल गरे भने सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्नबाट चुकेका थिए ।
निर्धारित समयमा गोलरहित बराबरी तथा थपिएको समयमा पनि दुवै टिमले गोल नसके पछि खेलको निर्णय पेनाल्टि सुट आउटबाट गरिएका हो । पहिलो हाफको ३२ औँ मिनेटमा मनाङका हेमन लामाको प्रहार रुपन्देहीका गोलरक्षक तथा कप्तान दिलीप क्षेत्रीले जोगाए । लगत्तै रुपन्देहीका दिपक राईको प्रहार पोल माथिबाट बाहिरियो ।
दोस्रो हाफमा रुपन्देहीका विजय धिमाल र मनाङका विश्वास श्रेष्ठको कडा प्रहार गोलमा परिणत हुन सकेन । अन्त्यतिर मनाङका विदेशी खेलाडी ओलावालेको प्रहारले सही दिशा लिन नसक्दा मनाङ चुक्यो । खेल अवधिभर दुबै टोलीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच रुपन्देहीका विक्रम लामा घोषित भए । त्यसैगरी झापाका युवा व्यवसायी एसपी प्रसाईंले मनाङका खेलाडीहरु किरण चेम्जोङ र सुजल श्रेष्ठ तथा अनिल गुरुङलाई जनही २्२हजार रुपैयाँ प्रदान गरे । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबलाई पेनाल्टि सुट आउटमा पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर