AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रुपन्देही ११ अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार २०:०६
3
Shares
५ मंसिर, झापा । रुपन्देही ११ सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । रुपन्देहीले आज भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमान्डौंलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
रुपेन्देहीले आर्मीलाई खेल अवधिभर दबाबमा राख्यो । आर्मीका भरत खवास, नवयुग श्रेष्ठ जस्ता उत्कृष्ट स्ट्राइकरले राम्रो प्रदर्शन गर्न सकेनन् । रुपन्देहीका लागि दिपक राई एक्लैले दुई गोल गरे । खेलको ३५ औं मिनेटमा असिमजंग कार्कीको क्रस पासलाई सदुपयोग गर्दै राईले गोल गरेका थिए ।
५२ औं मिनेटमा पुनः राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
आर्मीले ७९ औं मिनेटमा कप्तान भरत खबासले गोल गरे पनि टोलीका हार टार्न सकेनन् ।
सोमबारको खेल झापा– ११ र सशस्त्र प्रहरीको एपीएफ काठमानडौंबीच प्रतिष्पर्धा हुने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर