AArya
RUMPUM
animated ellipse animated ellipse

मैत्रीपूर्ण फुटसलमा चिकित्सक विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७३, बिहीबार १९:१९
3
Shares
२ मंसिर,विराटनगर/जेसीज सप्ताहअन्तर्गत आज विराटनगरका चिकित्सक र जेसीजबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विराटनगर जेसीजलाई ४–५ को गोलअन्तरले पछि पार्दै चिकित्सकहरुको टोली विजयी बनेको हो । विजेता टोलीका डाक्टर रविन श्रेष्ठ २ गोल गर्र्दै उत्कृष्ट घोषित भएका थिए ।
उपविजेता टोलीबाट मिलाप कर्ण, टीपी आचार्य, मिलन पौडेल र अमित चौधरीले एक–एक गोल गरेका थिए । खेलको कोशी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट रोशन पोखरेल र विराटनगर जेसीजकी अध्यक्ष भगवती कालिकोटेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जेसीजले शान्तिका लागि पदयात्रा, किशोरीहरुका लागि महिनाबारी सचेतना तथा न्यानो कपडा वितरणका कार्यहरुसमेत गरेको कार्यक्रम संयोजक प्रदीप दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर