AArya
RUMPUM
animated ellipse animated ellipse

विनोद श्रेष्ठ हत्या प्रकरण, धरौटीमा छाडने जिल्लाको आदेश बदर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७३, सोमबार १९:२६
3
Shares
विनोद श्रेष्ठ
२९ कार्तिक, विराटनगर/ जिल्ला अदालत मोरङले धरौटीमा छाडेका तीन जना हत्या आरोपीलाई उच्च अदालत विराटनगरले पूरपक्षमा राख्न आदेश दिएको छ । मधुमल्ला–१ का विनोद श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई हिरासतमा नै राखेर मुद्धा चलाउन उच्च अदालतले आदेश दिएको हो ।
हत्यामा संलग्न भएका निश्चल लिम्बु, ध्यानबहादुर राई, अजय राईलाई पूपक्षमा नै राखेर मुद्धा चलाउन आदेश दिएको हो । जिल्ला अदालतले निश्चल लिम्बुलाई फागुन १० गते, ध्यानबहादुर राईलाई गत बैसाख १० गते र अजय राईलाई चैत ५ गते धरौटीमा छाडन आदेश दिएको थियो ।
उच्च अदालतका न्यायधिस शिवराज अधिकारी र पुष्पराज कोइरालाको संयुक्त इजलासले किटानी जाहेरी परेका प्रतिवादी दोषि होइनन भन्न सकिने आधार नरहेको भन्दै पूपक्षमा थुनामा राख्न भएको हो ।
उच्च अदालतले थुनामा राख्ने आदेश दिएपछि गाउमै बस्दै आएका अभियुक्तहरुले हिजो आज गाउ छाडेका छन् । अदालतले थुनामा राख्ने फैसला गरेपनि प्रहरीले भने पक्राउ गर्न चासो नदिएको स्थानीय मिलन श्रेष्ठले गुनासो गरे । पटक पटक इलाका प्रहरीमा आदेशको बारेमा जानकारी गराएपनि प्रहरीले पक्राउ गर्न चासो नदिएको उनको गुनसो छ ।
२०६८ साल असोज २२ गते मोरङ मधुमल्ला–१ का नन्दकुमार श्रेष्ठका छोरा विनोदको स्थानीय १४ जनाको समुहले कुटपिट गरेको थियो । काठको तस्करी गर्ने गिरोहका विरुद्ध प्रहरीमा खवर गरेको आरोपमा गाउकै १४ जनाको समुहको कुटाइबाट गम्भिर घाइते भएका श्रेष्ठको उपचारकाक्रममा २०६८ कातिक २ गते निधन भएको थियो ।
छोराको हत्या आरोपमा श्रेष्ठ परिवारले निश्चल लिम्बु सहित १४ जना विरुद्ध जाहेरी दिए । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये निर्मल ढकालाई जन्मकैद र राजकुमार खवासलाई ५ वर्ष कैद गर्ने जिल्ला अदाल मोरङले फैसला गरेको थियो भने गोपाल साहलाई सफाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर