AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७३, आईतवार १९:१७
3
Shares

विराटनगर,२८ कार्तिक/ महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबारबाट विराटनगरमा सुरु भएको छ ।

मोरङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल मेन्स डबल र ४० वर्षमाथि भेट्रानको खेल भएको थियो । लामो समयदेखि विराटनगरमा ब्याडमिन्टर प्रतियोगिता नभएको र सातौं राष्ट्रिय खेलकुद प्रतियोगित समेत हुन लागेकोले प्रतियोगिता आयोजना गरिएको जनाकारी दिएको हो ।

यो प्रतियोगितासँगै सातौं खेलकुद पूर्वाञ्चलमा र तोकिएको समयमा गर्न समेत दवाव दिने उद्देश्यले आयोजना गरिएको बताएको छ ।

प्रतियोगिताको मेन्स डबलततर्फ सुनसरीका सुर्य श्रेष्ठ र सुजन श्रेष्ठ, मोरङका डिल्लीराम डाँगी र शशी चौधरी, झापाका दिपक घिमिरे र प्रनिससिंह ठकुरी, सप्तरीका सन्तोष कटवाल र छोला आचार्य, मोरङका तुलसी सुवेदी र जीवन बोगटी, सुनसरीका रकम लिम्बू र प्रकाश लिम्बू, सप्तरीका भक्त माझी र तेजनारायण चौधरी तथा भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङ विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्यसैगरी, भेट्रान ४० वर्षमाथिमा मोरङका नवराज दुलाल र जीवन बोगटी, सुनसरीका श्याम लामा र निर्मल निरौला, मोरङका तुलसी सुवेदी र डिल्ली थापा, उदयपुरका दिपक राई र धनकुमार श्रेष्ठ, मोरङका डिल्लीराम डाँगी र किरणसिंह बस्नेत, मोरङका पुष्प पौडेल र विश्व शाक्य, सप्तरीका मानबहादुर तामाङ र धनबहादुर लिम्बू तथा सुनसरीका मेहतमान श्रेष्ठ र रमेश राई विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया गरे भने मोरङ प्रहरी प्रमुख सन्दिप भण्डारी, उद्योगी राजकुमार गोल्छा लगायतको उपस्थित रहेको थिए । प्रतियोगितामा पूर्वाञ्चालका मोरङ, सुनसरी, झापा, इलामा, ताप्लेजुङ, सप्तरी, उदयपुर र भोजपुरका पुरुष खेलाडीहरुको सहभागिता रहेका छ । प्रतियोगितामा प्रथमले नगद १५ हजार, द्वितियले नगद १० हजार र तेस्रोले नगद ५ हजार पुरस्कार जित्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर