पूर्वाञ्चल खबर
बिराटनगर/अाजकाे नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप प्रदर्शनी गरेका हुन् ।
हातमा विभिन्न नाराका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।युवाहरूकाे उक्त प्रदर्शनीमा सडकमा हिड्ने बटुवाहरूले समेत साथ दिएका थिए । विराटनगर युथ भिजन, विवेकशिल नेपाली दल लगायतले याे प्रदर्शनीकाे संयाेजन गरेका थिए ।