AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई महानगर बन्न नदिने सडयन्त्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७३, बिहीबार २०:०२
3
Shares

विराटनगर/ विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन भनेर गरिएको सिफारिस प्रकृया नपुगेको पाच राजनीतिनदलहरुको बताएका छन् । महानगरपालिका बनाउन आवश्यक मापदण्डा पूरा नगरी स्थानीय विकास अधिकारीले महानगर बनाउन सिफारिस गरेको भन्दै भ्रामक प्रचार गरेको पाच राजनीतिक दलका नेताहरुले बताएका हुन् ।

बिहिवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पाच राजनीतिक दलका स्थानीय नेताहरुले विराटनगरलाई महानगर बनाउन नदिने सडयन्त्र अनुरुप मापदण्ड पूरा नगरी सिफारिस गरेको बताए ।

महानगरपालिका बनाउदा आवश्यक जनसंख्याको मापदण्ड पूरा नगरी सिफारिस गरेको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताए । विराटनगरलाई महानगरपालिका बनाउन सबै राजनीतिक दलहरुले सैदान्तिक सहमती जनाएपनि व्यावहारत कार्यनयनमा नआएको उनको गुनासो छ ।

देखावटी रुपमा विराटनगरलाई महानगर भनेपनि निर्देशिकाले तोकेको जनसंख्या लगायतको मापदण्ड र राजनीतिक दलहरुको सर्वसम्मत निर्णय विपरित स्थानीय तह पूनसंरचना प्राविधिक सहयोग समिति मोरङले केन्द्रमा सिफारिस गरेको उनको गुनासो छ ।

विराटनगरलाई महानगरपालिका बनाउन नदिने प्रयन्त भएको बताउदै उनले जस्तोसुकै प्रयत्न गरेर भएपनि महानगरपालिका बनाएर छाडने जिकिर गरे ।

एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रीय प्रजातन्त्र पाटी, नेपाल मजदुर किसान पाटी र नेकपा माले मोरङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी महानगरपालिका हुन नदिन सडयन्त्र भैरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर