खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, १८ कार्तिक/ सनुसरी पूर्वकुसहाका एक यूवाले विराटनगर – ३ मा रहेको विराट अस्पतालको तस्रो तल्लाबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
मुटु सम्बन्धी रोगको उपचार गरेको तीन लाख रुपैयाँ अस्पताललाई बुझाउने पैसाँ नहुँदा अस्पतालको मेडिकल वार्डबाट २५ वर्षिय अनोज विश्वासले बिहीबार हाम्फालेर आत्महत्या गरेका हुन ।
विश्वास कार्तिक ६ गते अस्पतालमा भर्ना भएका थिए । आर्थिक विपन्न रहेका विश्वासले उपचार गरेको ३ लाख रुपैयाँको बिल आएको देखेका थिए । यत्रो पैसाँ कहाँबाट ल्याउने भन्दै अनोजले बुवा बसिलाललाई भन्दै थिए ।
बुवा पैसाँ खोज्न गएको बेला अनोजले अस्पतालको तेस्रो तल्लामा रहेको मेडिकल वार्डबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।