पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर / मोरङ केरावारीका दुई युवाको हत्यामा संलग्न भएका १० जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

‘हुर्रा’ मगर जातीको सांस्कृतिक नाचगान हो । संस्कृतिक नाचगान हेर्न गएका दुई युवाको हत्या भएको हो । ृतक सोनमले यसै बर्ष एसएलसी पास गरी धरानमा प्लस टु पढदै थिए भने दिपेन कक्ष १० मा पढने विद्यार्थी हुन ।
पूरानो रिसीबीका कारण झगडा हुदा दुई यूवाको हत्या भएको प्रहरीको दावि छ । घटनामा संलग्न भएको अरोपमा प्रहरीले लेटाङ भोगटेनी नगरपालिका –४ का १८ बर्षिय कपिल चेम्जोङ, वडां –५ बस्ने ३८ बर्षिय ध्वासे भन्ने लिलबहादुर मल्ल ठकुरी, २० बर्षिय निश्चल मगर, १८ बर्षिय सन्तोष विश्वकर्मा, साही वडाका १८ बर्षिय विक्रम मगर पक्राउ गरेको छ ।
त्यस्तै लेटाङ भोगटेनी ५ कै १९ बर्षिय उत्तम साही, २३ बर्षिय कुमार बस्नेत, १७ बर्षिय चलाखे भन्ने सबिन राई, १८ बर्षिय बिरे भन्ने आदित्य मगर र २० बर्षे रुपन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ध्वासे भन्ने लिलबहादुर ठकुरीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षम सन्दिप भण्डारीले जानकारी दिए । ठुकरी र चेम्जोङलाई भारत तर्फ भाग्दै गर्दा इटहरीबाट पक्राउ गरेको भण्डारीले बताए ।
मृतक र पक्राउ परेकाहरु बिच पहिलेपनि सामुहिक झगडा भएको प्रहरीको भनाई छ । पूरानो रिसिवीका कारण छुरा बास र लाठी प्रहार गर्दा दुई युवाको मृत्यु भएको हो । मृतक सोनमको तिघ्रामा छुरा प्रहार गरिएको थियो । भने दिपेनको पेटका छुरा प्रहरा भएको थियो । छुरा प्रहारबाट दिपेनको आन्द्रा समेत बाहिर निस्किएको प्रहरीको भनाई छ । तिघ्रामा छुरा प्रहार भएका सोनमको अत्याधिक रक्तश्राप भएका कारण मृत्यु भएको थियो । तिघ्राको रक्तनली काटिएका कारण अत्याधिक रक्तश्राप भएको थियो ।