AArya
RUMPUM
animated ellipse animated ellipse

लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७३, बुधबार १९:०७
3
Shares
तस्वीर -प्रेम देवान
विराटनगर १७ कात्तिक जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले आयोजना गरेको लिटल कोशीका प्रतियोगीहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।dsc_1548

अडिसनबाट छानिएका २२ जना लिटल कोशीका प्रतियोगीहरुले नृत्य, गीत र तेक्वानडो शो जस्ता बुधबार विराटनगरमा आ– आफनो प्रतिभा देखाएका थिए ।

दशै र तिहारको विदामा रहेका स्कुलले बालबालिकालाई पढाई प्रति लक्षित गदै तथा विद्यार्थीहरुको खेर गईरहेको समयलाई सदुपयोग गर्न मिस्टर एण्ड मिस लिटल कोशीको पहिलो सिजन गरीएको जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज राँयले जानकारी दिए ।

जय मिडीयाले विशेष गरी स्कुलले विद्यार्थी ५ बर्ष देखी १५ बर्ष उमेरका सानासाना बालबालिकाहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उद्देस्य रहेको निर्देशक राँयले बताए ।

मिस्टार एण्ड मिस लिटल कोशीका विजेताहरुले नगद ३५ हजार, २५ हजार र २० हजार साथमा विभिन्न सव टाईटलको साथमा बहुमुल्य गिप्ट ह्यापर पनि पाउने छन् ।

मिस्टर एण्ड मिस लिटल कोशीको फाईनल राउण्ड आगामी कात्तिक २७ गते हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिले केही समय अगाडी मिस्टर कोशी सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर