खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, कात्तिक १२ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले नकारात्मक प्रचारवाजी गर्दै आफुलाइ असफल पार्ने प्रयास भइरहेको बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले तथ्याङ्क नहेरी हचुवाको भरमा असफल भएको भन्दै नकारात्मक प्रचारवाजी गर्दै आफुलाइ असफल पार्ने प्रयास भइरहेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव बिष्टले भने, “धेरै हिसाबले अरु भन्दा मेरो कार्यकाल सफल र भिन्न छ, गलत तरिका र चाकडि गरेर काम लिने मेरो शैली छैन, प्रक्रियागत ढंगले काम गर्ने मेरो बानि छ त्यसैले ढिलो भएको हो । ”
“तथ्याङ्क नहेरी हचुवाको भरमा असफल भएको भन्दै प्रचारवाजी गर्दै आफुलाइ असफल पार्ने प्रयास गर्नेहरुलाइ मेरो भन्नु केहि छैन् तर गलत तरिकाले काम लिने परम्पराको म अन्त्य गर्छु उनले भने ।”
मंसीरको अन्तिमसम्ममा जसरी पनि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्ने विष्टले बतए । उनले भने, “मंसीर ८ गते देखि हुने भनिएको प्रतियोगिता केहि दिन पर मात्रै सरेको हो ६ वर्षका लागि स्थगित भएको हैन ।” त्यसैले हल्लाको पछि नकुदि यसको तयारी र प्रचारप्रसारमा लाग्न उनले आग्रह गरे ।
उनले प्रतियोगिता संचालन गर्ने आर्थिक निर्देशिका पास नभएकाले निर्धारित समयमा प्रतियोगिता संचालन गर्न नसकिएको बताए । कार्तिक २३ गते देखि हुने भनिएको क्षेत्रीय छनौट प्रतियोगिता मंसीर १० गतेसम्ममा सुरु गर्ने र राष्ट्रिय प्रतियोगिता २८ गतेसम्ममा सुरु गर्ने हिसाबले आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए ।
आफुहरुले गर्दागर्दै पनि प्रक्रियागत झन्जटका कारण मन्त्री परिषद्को बैठकमा आर्थिक निर्देशिका पास गर्न नभ्याएको उनको भनाइ छ । आफुहरुले काम गर्दागर्दै पनि सरकारी प्रक्रिया झन्जटीलो भएकाले तोकिएको समयमा प्रतियोगिता सुरु गर्न नसकिएको उल्लेख गर्दै उनले प्रतियोगिता नै गर्न नचाहेको भन्ने आरोप भने झुटो भएको बताएका छन् ।