खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखा विराटनगरले विराटनगरका औषधि व्यवसायीहरुलाई लागू तथा मनोदिपक औषधिहरुबारे जानकारी दिन एक दिने तालिम कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा लागू तथा मनोदिपक औषधिहरुको बारेमा जानकारी दिदै औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख शम्भु साहले मोरङमा १ हजार औषधि व्यवसायीहरु रहेको भन्दै ९५ प्रतिशतले मनोदिपक औषधिहरु रेकर्ड नरानी बेचेको पाइएको जानकारी दिए ।
डाक्टरले औषधि लेखेपछि बेच्दा पनि अनिवार्य रुपमा लागू तथा मनोदिपक औषधिको रेकर्ड राख्नु पर्नेमा मोरङमा नराखेको उनको भनाई थियो । नेपाल सरकारले अनिवार्य लागू तथा मनोदिपक औषधिहरुको रेकर्ड राखेर मात्र बेच्न भनेकाले सोही अनुरुप व्यवसाय संचालन गर्न उनले आग्रह गरे । उहाँले लागू तथा मनोदिपक औषधि विक्री वितरण गर्दा व्यक्तिलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद तथा वा दशबर्ष कैद हुने बताउनु भयो ।
यस्तै उहाँले कसैले मनोदिपक तथा लागू औषध विक्री वितरण गर्ने गरेको छ भने रेकर्ड राखेर मात्र विक्री वितरण गर्न आग्रह गरेका हुन । रेकर्ड राख्ने तरिका थाहा नभए सम्बन्धीत औषधि व्यवसायी संघमा जानकारी लिन सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा क्षेत्रीय प्रहरी निरिक्षक गंगा पौडेलले पनि तालिमको सहजीकरण गर्नुरेका थिए । तालिममा विराटनगरका औषधि व्यवसायीहरुको सहभागि रहेको थियो ।