animated ellipse animated ellipse

चीनमा भएको विस्फोटमा १४ को मृत्यु, १४७ घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७३, मंगलवार २०:४७
3
Shares

चीन, कात्तिक ९/चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन्।

फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्य गरी स्थानीय समयाअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो।

घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ। मङ्गलबार विहान मात्रै उद्धार कार्य सकिएको थियो।

आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो। विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ। ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए।

घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर