खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
पथरी,कात्तिक ९ /मोरङको केरौन जहदामा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको आजको खेलमा चर्च व्वाइज काठमाडौँ विजयी हुदै अन्तिम चारमा प्रवेश गरेको छ ।
मंगलबारको खेलमा चर्च व्वाइजले धनकुटा फुटबल क्लब धनकुटालाई २–० को गोल अन्तरले पराजित गरेको हो ।खेलको ५ औ मिनेटमा धनकुटा फुटबल क्लबका कप्तान इनाम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै प्रहार गरेको गोल पोष्टबाट बाहिरिएको थियो । २० औँ मिनेटमा धनकुटाको रुग्रीहाङ राईको पास सदुपयोग गर्दै सन्जय रम्तेलले गरेको प्रहार बाहिरिएको थियो । २६ औँ मिनेटमा चर्च व्वाइजका सन्तोस न्यौपानेले धनकुटा फुटबल क्लबका गोल रक्षक राजेश लिम्बूलाई छक्याउदै सानदार गोल गर्दै गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए ।
दोस्रो हाफमा धनकुटाका रुग्रीहाङ राईले कडा प्रहार्र चर्च व्वाइजको गोल रक्षक किशोर गिरीले विफल पारेका थिए । दोस्र हाफमो १५ औं मिनेटमा चर्च व्वाइजका मिल्चेन तामाङले दोस्रो गोल गर्दै टिम लाई बलियो बनाई खेल आफ्नो पक्षमा पारेका थिए । खेलको म्यान अफ द म्याच चर्च व्वाइजका विदुर रिजाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार सेमिफाइनलको खेल आयोजक नव प्रगतिशिल समाज सेवा क्लब र सशस्त्र प्रहरी वल(एपीएफ) झापा विच हुने आयोजक कमिटिका खेल संयोजक चरण गुरुङले बताए ।