AArya
RUMPUM
animated ellipse animated ellipse

मुसाहरुको कथा  मनचिन्ते फिरन्ते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७३, बिहीबार १९:४४
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर ट्रकमाथि बनाइएको मञ्चसहितको घुम्ती नाटकघर जूनकीरीमा ‘मनचिन्ते फिरन्ते’ मञ्चन गरी पूर्वका विभिन्न स्थानमा मञ्चन गरिएको छ । बुधवारबाट सुरु नाटक बिहिवार साँझ विराटनगरमा प्रर्दशनी समापन गरिएको छ ।

सन् १९८७ मा इटालियन लेखक लियो लियोनीले लेखेको बाल पुस्तक ‘फ्रेडरिक’ मा आधारित भएर नाटक ‘मनचिन्ते फिरन्ते’ तयार पारिएको हो ।

विशेषगरी बालबालिकाहरूलाई मन पर्ने नाटक ‘मनचिन्ते फिरन्ते’ मा मुसाहरूको कथा छ । राजन खतिवडाको परिकल्पना एवं निर्देशनको नाटक ‘मनचिन्ते फिरन्ते’ काठमाण्डौको  मण्डला थिएटरमा प्रदर्शनीगरिपछि मोसफलको जिल्लाहरुमा मञ्चन गरिएका हो ।

नाटकमा समुदायका अन्य मुसाहरुले जाडोको लागि अन्न जम्मा गर्दागर्दै आफू भने अलि फरक तर अत्यावश्यक कुराहरु सञ्चय गर्ने धोको बोकेको कथा मूल पात्रले विपत्को समयमा पनि आफ्नो अस्तित्व संकट महसुश नगरी काम गर्छ र भौतिक चिजहरुसँगै संवेदना र प्रकृत सौन्दर्यहरुको महत्व खोजेर समुदायको हितमा काम गर्न खोज्छ । यस नाटकमा यस्तै परिवेशलाई समेटिएको छ ।

नाटकमा आशान्त शर्मा, सिर्जना सुब्बा, उमेश तामाङ, लक्ष्मी बर्देवा, प्रेमवर्षा, शारदा अधिकारी, सन्देश लामिछाने, शक्ति राई, सन्दिप श्रेष्ठ, इंगिहोपो कोइच सुनुवार आदिले अबभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर