animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मल्यबृद्धि विरुद्ध एमाले निकट विद्यार्थी संगठनद्वारा विराटनगरमा विरोध प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७८, शुक्रबार १८:५०
1.61k
Shares
विराटनगर / अस्वभाविक रुपमा पेट्रोलियम पदार्थको मल्यबृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठनले आज विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

रित्ता ग्याँस सिलिण्डरसहित सडकमा प्रदर्शनमा उत्रिएको अनेरास्ववियुले, नाफा घाटा जान्दैनौं, मूल्यबृद्धि मान्दैनौं भन्ने नारासहित मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।

विरोध प्रदर्शन पछि विराटनगरको जनआन्दोलन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भाष्कर खनालले अस्वभाविक मूल्यबृद्धि थेग्न नसक्ने भन्दै तत्काल फिर्ता लिन माग गरे । उनले जनता मार्ने गरि गरिएको मूल्यबृद्धि फिर्ता नलिए जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी समेत दिए । यस्तै जनतामारा मूल्यबृद्धि फिर्ता लिन गरिएको आन्दोलनाई हस्तक्षेप नगर्न प्रहरी प्रशासनसँग पनि उनले आग्रह गरे ।

कोणसभापछि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन् । पुत्ला दहन गर्नेक्रममा प्रहरीसँग सामान्य मुठभेड समेत भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर