AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ कार्तिक २०७३, बुधबार १५:१४
3
Shares

ज्युरिक /विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ।

फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

फिफाको अनुशासन कमिटीले भनेको छ, ‘माकुदीले विश्वकपको आयोजकको मतदान गर्नु पूर्व  थाइल्याण्डको फुटबल एशोसिएसनलाई थाहा नदिएको तथा आर्थिक अनियमितता गरेका छन्। यसले फिफाको आर्टिकल १७ मिचेको देखिन्छ त्यसैले उनलाई जरिवाना सहित पाँच वर्ष  कुनै फुटबल गतिबिधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।’

माकुदी सन् २०१०, २०१८ र २०२२ को विश्वकपको आयोजक चुन्नका लागि भएको मतदानमा मतदान गर्ने २२ जना सदस्य मध्ये एक हुन्। सो मतदाता मध्ये १० जना भ्रस्टचारको मुद्दामा परिसकेका छन्। यसमा फिफाका पूर्व अध्यक्षमा सेफ ब्लाटर र युरोपियन फुटबल एशोसियनका अध्यक्ष मिचेल प्लाटिनीसमेत परेका थिए। उनीहरुलाई फिफाको अनुशासन कमिटीले समान ८८ वर्षको प्रतिबन्ध लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर