animated ellipse animated ellipse

लिटल कोशीको प्रतियोगि प्रशिक्षणमा व्यस्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार ०८:१५
3
Shares

खबर पूर्वाञ्चल सम्बाददाता
विराटनगर आउँदो कार्तिक २० गते विराटनगरमा हुने मिस्टर एण्ड मिस लिटल कोशीको फाइलनमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षण सुरु भएको छ ।

विभिन्न सहरहरुमा भएको अडिसनबाट फाइलनमा छनौट भएका ३५ जना प्रतियोगि अहिले आफ्नो प्रतिभा निखार्न व्यस्त छन् । जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनमा भएको प्रतियोगिताको फाइनलमा १५ बालक र २० जना बालिका पुगेको प्रा.लि.को निर्देशक जय राज रायले जानकारी दिए ।

दशै र तिहारको विदामा रहेका स्कुलले बालबालिकालाई पढाई प्रति लक्षित गर्दै उनीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ५ बर्ष देखी १५ बर्ष उमेरका बालबालिकाहरुको सहभागि रहेको छ ।

मिस्टार एण्ड मिस लिटल कोशीका विजेताहरुले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन । फस्ट रनरअफले २५ हजार र सकेन्ड रनरअफले २० हजारको साथै विभिन्न सव टाईटलको साथमा बहुमुल्य गिप्ट ह्यापर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर