दिपावलीमा रेडियो सिम्रिकको साङगितीक कार्यक्रम

खबर पुर्वान्चल, १४ कार्तिक २०७३, आईतवार

खबर पूर्वाञ्चल सम्वाददाता
पथरी/ दिपावलीको अवसर पारेर मोरङको पथरीशनिश्चरेमा रेडियो सिम्रिकले साङगितीक कार्यक्रम गरेको छ ।

नेपालका ख्याती प्रनप्त कलाकार र स्थानिय कलाकारलाई एकै ठाउँमा उतारेर स्रोताहरुलाई मनोरन्जन प्रदान गरेको छ । कार्यक्रममा गायक समीर बि.क., साजन राई, गौरब दर्पण, सृष्टि हिङमाङ, ईसक राई लगायत रेडियोको आरजेहरुले स्टेज तताएका थिए ।

गायक गौरब दर्पण र सृष्टि हिङमाङको “जता गए पनिहजुर पुर्वै रमाईलो“ गितमा दर्शकहरु दिल खोलेर नाचेका थिए भने गायक साजन राईको देश भक्ति गितहरुमा भरपुर मनोरन्जन लिए । रातको ११ बजे सम्म चलेको कार्यक्रमको प्रमुख अतिथी मोरङ क्षेत्र न. २ का सभासद चन्डि प्रसाद राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.