RUMPUM
animated ellipse animated ellipse

मिस नेपाल निकितालाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७४, बिहीबार १५:४२
3
Shares
उर्लाबारी, १ असार । मिस नेपाल २०१७ की बिजेता निकिता चाण्डकलाई गृह नगर उर्लाबारीमा बिभिन्न संघसंस्थाले सम्मान गरेको छ ।
उर्लाबारी चोकमा निकिता चाण्डक जिताउ अभियान र मारवाडी यूवा समाज र उर्लाबारी जेसिजले निकिताको सम्मानार्थ कार्यक्रमको आयोजना गरेको थियो । उनलाई उर्लाबारी जेसिज,मारवाडी सेवा समिति, हाम्रो साकोस ,मैथिली समाज उर्लाबारीलगायतका एक दर्जन बढी संघसंस्थाले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमपछि उनलाई उर्लाबारी र दमकका बिभिन्न स्थानमा र्याली सहित परिक्रमा गराइएको थियो । निकितालाई परिक्रममा क्रममा खदा र फुलगुच्छाले स्वागत गरेका थिए । उर्लाबारी वासी निकिताले आफुलाई जिताउन सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद दिएकी छिन् । सम्मानपछि आफ्नो जिम्मेवारी र सामाजिक उत्तरदाहित्व बढेको निकिताले बताईन् । निकिता जिताउ अभियानका संयोजक बिशाल बाहेतीको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर