AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसबाट विराटनगरको मेयरको उम्मेदवार पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७४, बुधबार १५:२८
3
Shares
विराटनगर, ३१ जेठ । आन्तरिक किचलो पछि नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारको टुङगो लगाएको छ । कांग्रेस केन्द्रिय समितिले आज विराटनगर महानगरपालिकाको मेयरमा भिम पराजुलीको नाम टुङगो लगाएको हो ।
महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघबाट राजनीति आरम्भ गरेका पराजुली युवापुस्तामाझ निकै लोकप्रिय नेता मानिन्छन । महेन्द्र मोरङ क्याम्पसको स्ववियूमा नेतृत्व गरेर नगर सभापतिमा दुई पटक निर्वाचित भएका हुन् । लामो रस्सा कस्सीका बीच पराजुलीले उम्मेदवारको टिकट पाएका हुन् ।
उम्मेदवारका लागि सांसद अमृत अर्याल, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेता विश्वनाथ रिजाल आकांक्षी थिए । सभापति देउवाले अर्याललाई मेयरको उम्मेदवार बनाउने अन्तिमसम्म प्रयास गरे पनि केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, महेश आचार्यलगायतको जोडबलका कारण पराजुलीले टिकट पाएका हुन् ।
त्यस्तै कांग्रेसले उपमेयरमा इन्दिरा कार्की (इन्दु)लाई उठाउने निर्णय गरेको छ । उनी पनि कांग्रेसको राजनीतिमा लामो समय बिताएकी नेतृ हुन् । यसअघि नेकपा एमालेले विनोद ढकाल र नेकपा माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाइसकेको छ । माओवादी केन्द्रले उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको छ भने एमालेले अझै टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर