पूर्वाञ्चल खबर
२९,कार्तिक,विराटनगर/ मोरङको भौडाहामा मन्दिर निर्माणकालागि आर्थिक संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको छ । स्थानीय नव दुर्गा मन्दिरको भवन निर्माणकालागि पूराण आयोजना गरिएको हो । बिहिवार सुरु महायज्ञ मंसिर ३ गते सम्म सञ्चालन हुने छ ।
मन्दिरको भवन निर्माणकालागि आयोजना गरिएको महायज्ञमा १९ बर्षिय युवा पण्डित लक्ष्मण पौडयालले कथा बाचन गरीरहेका आयोजक समितिका सचिव जीतनारायण सरदारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।