पूर्वाञ्चल खबर
विराटनगर,३१ जेठ /विराटनगर १० साविक १३ मा रहेको कोशी विद्या मन्दिरको आयोजनामा स्कूलमा मोन्टेश्वरी स्तरमा अध्ययनरत बाल बालिकाका अभिभावकहरुको सहभागितामा एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिभावक अभिमुखीकरणको सहजीकरण सिटिएफ नेपालका निर्देशक विनोद कार्कीले गरेका थिए ।
यस किसीमको कार्यक्रले मोन्टेश्वरी स्तरमा अध्ययनरत बाल बालिकाका अभिभावकहरुले बच्चालाई कसरी हेरचार गर्ने, बच्चालाई भारी झोला बोकाउनु हुँदैन, बच्चहरुलाई कसरी पढाउने लगाउतका कुरा सिकाएको स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । दासका अनुसार उक्त अभिमुखीकरणमा एक सय जना अभिभावकहरुको सहभागिताको रहेको थियो ।