RUMPUM
animated ellipse animated ellipse

कटहरीमा कट्टी प्रहार, चार जना घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७४, बिहीबार १८:४६
3
Shares
घाइते भएका बिक्रम अस्पताल परिसरमा |

विराटनगर, ११ जेठ / मोही जग्गामा विभाद हुँदा मोरङको कटहरी गाउँपालिका – ४ मा बिहीबार कट्टी प्रहार हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा कटहरी ४ का ६० वर्षिय विक्रम राजवंशी, ३० वर्षिय अन्जना राजवंशी, २५ वर्षिय रुपा राजवंशी, १९ वर्षिय कृष्ण राजवंशी घाईत भएको स्थानिय उपेन्द्र रायले जानकारी दिए ।

कटहरी गाउँपालिका – ४ का रमेश राजवंशीले नातामा काका पर्ने बिक्रम राजवंशीले मोही जग्गा खनजोत गरेको भन्दै कट्टी प्रहार गर्दा बिक्रमसहित चार जना घाइते भएका थिए ।

घाइतेको उपचार विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्धे विक्रमलाई गहिरो चोट लागेको छ । उनको दाईने हात र घाटीको हडि भाचिएको अस्पतालले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर