आगोले जली बृद्धा महिलाको मृत्यु

खबर पूर्वाञ्चल, २९ मंसिर २०७९, बिहीबार १८:५९
198
Shares
पाँचथर / पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छिन् । फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेबी हुन् ।

मृतक लासलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय मानिसलेदेखि तत्काल घर भित्र गई हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखि पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली खटि गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५