खबर पूर्वाञ्चल
समयले मानिसलाई परिवर्तित गराउँछ । मानिसलाई परिवर्तन गर्ने अर्को पाटो हो सफलता वा असफलता । संभवत अहिले सफलताको विन्दुमा पाइला राख्दै गर्दा नायिका पूजा शर्मा पनि बदलिएकी छिन् । चलचित्र ‘प्रेमगीत’ रिलिज अगाडि उनी खासै चर्चामा थिइनन् । तर, यो चलचित्र रिलिज भएपछि उनलाई चिन्नेहरु बढे । मिडियामा पनि उनको स्थान राम्रो बन्न थाल्यो ।
यो चलचित्रको एक गीतमा पूजाले स्विमिङ पुलमा डान्स गरेकी छिन् । सायद, यो डान्सको नशा अझै पनि उनमा उत्रिएको छैन होला । केहि दिन अगाडि आयोजना भएको एक कार्यक्रममा उनको पहिरन निकै खुलेको थियो । छोटो वन पिसमा पुगेकी पूजाको यो तस्बिर चर्चामा रह्यो । सायद, यहि कुरा वुझेर हुनसक्छ पूजा थाइल्याण्ड पुगेर झनै खुलिन् ।
थाइल्याण्डमा विकिनी लगाएर समुन्द्रमा मस्ती गरेकी पूजाले फेसबुकमा तस्बिर शेयर गरिन् । हुनत, समुन्द्रमा पुगेर नखुल्ने यूवा-यूवती कमै होलान् । तर, पूजा भने अब गसिपको दुनियाँमा रमाउन थालेकी छिन् । उनको यो तस्बिरले यसकै संकेत गरेको छ । अनलाइनखबर
तपाईको प्रतिक्रिया