बिराटनगर, ४ जेठ/बिराटनगर – ३ मा रहेको बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७४ का लागी कक्षा मनिटर चयन गरेको छ ।
कक्षा – ३ देखि कक्षा – १० सम्म प्रत्येक कक्षाका लागी विद्यार्थीहरु बाट एक छात्र र एक छात्रा कक्षा मनिटर छनौट गरीएको स्कूलका प्राचार्य मणीराज भट्टराई जानकारी दिए । छनौट भएका विद्यार्थीहरुलाई कक्षा शिक्षकहरुले मनिटर ब्याच दिएका थिए । स्कूलका प्राचार्य भट्टराईले छनौट भएका मनिटरहरुलाई उनीहरुको कार्य उल्लेखित डायरी प्रदान गर्दैै सपथ ग्रहण गराएका थिए ।
प्राचार्य भट्टराईले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका मनिटर विद्यार्थीहरुले कक्षालाई ब्यवस्थित गर्न आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । कार्यव्रmमको उद्धोषण स्कुलका शिक्षक नवराज पौडेलले गरेका थिए ।